झापामा आज ३ स्वास्थ्यकर्मीसहित ५४ जनामा ओरोना संक्रमणको पुष्टि
भद्रपुर २९ असोज । झापामा स्थानीय तहमा कोरोना संक्रमितको संख्या दिनदिनै बढदै गएको छ । हिजो ४१ जना संक्रमित भएका थिए भने आज ३ स्वास्थ्यकर्मीसहित ५४ जनामा ओरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कायालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयले दिएको बिबरण अनुसार, आज झापाका आठ स्थानीय तहका १९ महिला र ३५ पुरुषमा ओरोना संक्रमणको पुष्टि भएको छ । यीनमा तीन स्वास्थ्यकमी रहेका छन् । जसमा भद्रपुर नगरपालिकामा ४ महिला ३ पुरुष, बिर्तामोड नगरपालिकामा ७ महिला २३ पुरुष, अर्जुनधारा नगरपालिकामा ६ महिला ४ पुरुष, कनकाइ नगरपालिकामा १ पुरुष, दमक नगरपालिकामा १ महिला २ पुरुष, कमल गाउँपालिकामा १ पुरुष, बुद्ध गाउँपालिकामा १ महिला र गौरादह नगरपालिकामा १ पसरुष रहेकाछन् ।
स्वास्थ्य कार्यालयको भनाइ अनुसार, चाडपर्व नजिएकोले मानिसहरु पूर्ण मापदण्ड नअपनाइ खुलेआम शहर बजारमा भिड भाड गर्न थालेकाले समुदायमा संक्रमण ब्यापक रुपमा फैलन थालेको हो । समयमै यसको रोकथाम नगरेमा यसले अझ ब्यापकता लिने सम्भावना बढेर जाने छ ।