चन्द्रगढी सडक खण्डको मूल बाटो वरपरका घर टहरा हटाइने
भद्रपुर २८ असोज । झापा सदरमुकाम भद्रपुरस्थित चन्द्रगढी सडक खण्डको मुल बाटो वरपरको घर टहरा हटाइने भएको छ । भद्रपुर नगरपालिका वडा न १० र ७ भित्र पर्ने लेखनाथ चौक, भैरव चोक वर-परका सडकको मापदण्ड भित्र पर्ने घर टहरा हटाउन भद्रपुर नगरपालिकाले सम्वन्धीत वडाहरुलाई पत्र काटेको छ ।
नेपाल सरकारको सडक विभागद्वारा विर्तामोड चन्द्रगढीको भैरव चौकसम्मको सडकमा चार लेनको सडक निर्माण कार्यको ठेक्का प्रकृया अगाडी वढी सकेको सन्दर्भमा सो सडक खण्डमा पर्ने वडा अन्तर्गतका घर जग्गा टहराहरु हटाइ खाली गरी सडक सीमा तथा सेडव्याक समेतको आवश्यक व्यवस्थापन गरी सहयोग गर्न गराउन अनुरोध गरिएको पत्रमा उल्लेख छ ।
सम्बन्धित सबैलाई सूचाना दिएर तत्काल कार्य अघि वढाउने भनिए तापनि कति दिन भित्रमा खालि गरिसक्ने भन्ने पत्रमा उल्लेख नभएकोेले अन्यौल श्रृजना भएको भद्रपुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो ।