रक्तदानमा ५२ पिन्ट रगत संकलन

दमक २८ असोज । झापाको दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज बुधबार आयोजना गरेको रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको छ । सहकारीको २१ औं बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकस्थित रक्तसञ्चार केन्द्रमा सम्पन्न रक्तदानमा १४ महिलासहित ५२ जनाले रगतदान गरेका थिए ।

रक्तदानमा सञ्चालक समिति, विभिन्न उपसमितिहरु, शेयर सदस्यहरुले रक्तदान गरेको कार्यक्रम संयोजक समेत रहेका संस्थाका उपाध्यक्ष धनराज राईले वताएका छन् । सोहि अवसरमा सहकारीले सामाजिक कार्यक्रम अन्तर्गत रेडक्रस दमक उपशाखा दमक र रेडक्रस लखनपुर उपशाखाद्वारा सञ्चालित एम्बुलेन्सका चालकलाई १ र १ सेट पिपिई समेत हस्तान्तरण गरिएको थियो ।