भद्रपुरमा १४ सहित झापामा ४१ कोरोना संक्रमित थपिए

भद्रपुर २८ असोज । जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार आज झापामा ४१ जनामा कोरोला संक्रमणको पुष्टि भएको छ । जसमध्ये ९ जना कैदीबन्दी, ५ स्वास्थ्यकर्मी, २ जना कर्मचारी र एकजना सुरक्षाकर्मी रहेका छन् ।

स्वास्थ्य कार्यालयले दिएको बिबरण अनुसार झापाका ८ स्थानीय तहका १० महिला र ३१ जना पुरुष रहेका छन् । जसअनुसार मेची नगरपालिकामा ७ जना, भद्रपुरमा १४ जना, गौरादहमा १ जना बिर्तामोडमा ६ जना, अर्जुनधारामा ३ जना, बुद्घशान्तिमा ३ जना, कनकाइमा ३ जना र दमकका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।