कनकाइमा एक युवकको बिभत्स हत्या

भद्रपुर २८ असोज । झापाको कनकाई नगरपालिका ३ मा गए राती एक युवाको बिभत्स हत्या भएको छ । एकान्तटोल निवासी २३ बर्षिय अभिषेक चौधरीको घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरेरे हत्या गरेर बाँस घारीभित्र फालिएको अवस्थामा शव आज बिहान स्थानीयले देखेपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएस्पी मुकुन्द रिजालले बताए । प्रहरीका अनुसार उनको हत्या कसले गरेको हो भन्ने वारेमा छानविन चलिरहेको छ ।

प्रहरीले हाल धरानबाट तालिमप्राप्त कुकुर मगाएको छ भने शंकास्पध केहि उनका साथीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार उनी लागुऔषध प्रयोगकर्ता पनि हुन भने राती उनको शव भेटिए स्थानमा रातभर केहि युवाहरु होहल्ला गरिरहेका स्थनीयले बताएका छन्