कित्ताकाट सम्बन्धि निर्णय कार्यान्वयन नगराउन निर्देशन
काठमाण्डौं २७ असोज । सरकारले गरेको कित्ताकाट खुला गर्ने सम्बन्धि निर्णयलाई, संसदीय समितिले कार्यान्वयन नगराउन निर्देशन दिएको छ । समितिका सभापति रामनारायण विडारीले, कित्ताकाट सम्बन्धी कुनै पनि द्विविधायुक्त कुरा परिपत्र र आदेशका आधारमा नगर्न दिर्नेशन दिए ।
मन्त्री पद्मा अर्याललाई बैठकमा बोलाएर, उनले भने, ‘‘भू—उपयोग सम्बन्धि ऐन बमोजिम बनाउनुपर्ने नियमावली नबनाइकन गरिने अन्य निर्देशन मापदण्ड इत्यादि कार्यान्वयन हुन सक्दैनन् । तसर्थ यो बैठकले नियमावली तुरुन्तै बनाएर भू उपयोग ऐन २०७६ लाई अबिलम्ब कार्यान्वयन गरोस । द्विविधायुक्त कुराहरु परिपत्रका माध्यमबाट नगरियोस् । द्विविधायुक्त कुरा परिपत्र, विज्ञप्तिका माध्यमबाट, टिप्पणी र आदेशको माध्यमबाट नगरियोस् ।’’
सरकारको निर्णयमा सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । मुद्दा विचाराधिन रहेकाले तत्काल निर्णय कार्यान्वयन हुन सकेको छैन ।