मेयर बिमल आचार्यलाइ कोरोना भाइरस पोजेटिभ

भद्रपुर २८ असोज । झापास्थित मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यलाइ कोरोना भाइरस पोजेटिभ देखिएको छ । झापाको कनकाइ नगरपालिका कोटीहोमस्थित प्रयोगशालामा मंगलबार उनको पिसिआर परीक्षण गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको मेचीनगर नगरपालिकाका फोकल पर्सन नविन बरालले बताए । नगरप्रमुख आचार्यका परिवारका अरु दुइजना र काँकरभिट्टा स्वास्थ्य चौकिका प्रमुख लेखनाथ खतिवडामा पनि का्रोना पोजेटिभ देखिएको फोकल पर्सन बरालले बताएकाछन् ।

नगर प्रमुख आचार्य पिसिआर परीक्षणकालागि स्वाव दिएपछि होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जनाइएको छ । नगर प्रमुखसहित आज मेचीनगरमा ४ जना संक्रमित भएकाछन् ।