बलात्कारीलाई मृत्युदण्ड

एजेन्सी, २७ असोज । बंगलादेशले बलात्कारीलाई मृत्युदण्डे विधेयक पारित गरेको छ । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो ।

सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो । कोरोना भाइरस महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको छ ।