शुल्क उठाउछन् तलब दिएका छैनन्

झापा, २६ असोज  ।  सरकारले नै बाटो खोलिदिएपछि निजी स्कुलहरुले लकडाउन अवधिको पनि शुल्क धमाधम उठाउन थालेका छन् । अधिकांश स्कुलले एक महिनाको शुल्क छुट गरेर बाँकी अवधिको शुल्क बुझाउन अभिभावकलाई भनेका छन् ।

शिक्षक कर्मचारीलाई तलब दिन पनि शुल्क उठाउनु परेको निजी स्कुलहरुको तर्क छ । तर नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी अवधिको मात्र होइन, कतिपय स्कुलले कोभिड महाव्याधी सुरु हुनुभन्दा पहिलाकै तलब दिएका छैनन् ।

त्यस मध्येको एक हो–झापा, कमल गाउँपालिका–४ स्थित चन्द्रज्योति बोर्डिङ स्कुल ।

नेत्र पोखरेल र पदमा राई सञ्चालक रहेको यो बोर्डिङले माघ भन्दा अगाडिकै तलब दिएको छैन । शिक्षकद्वय आइत लिम्बु र सविना राईले कमल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा समिति, प्याब्सन, इस्टु र प्रहरीमा बुझाएको निवेदन अनुसार उनीहरूले साढे चार–चार महिनाको तलब पाएका छैनन् ।

‘चन्द्र ज्योती बोर्डिङ स्कूलमा काम गरेको २०७६ माघ भन्दा अगाडिको तलब बारम्बार माग गर्दा पनि विभिन्न बहाना बनाई हामीलाई आजसम्म पनि उपलब्ध नगराएको र अहिले आएर आधा तलब मात्र दिन्छौं जे गर्नु छ गर भन्ने भनाइले हामी मर्माहत भएका छौं’, शिक्षकद्धयको निवेदनमा भनिएको छ ।

शिक्षक आइत लिम्बु आफूहरूले आर्थिक समस्याका कारण दमकबाट दैनिक १० किलोमिटर टाढा कमल गाउँपालिकास्थित बोर्डिङमा गएर पढाएको तर पारिश्रमिक समेत नपाएको बताउँछन् । ‘