सशस्त्र प्रहरी बलले अबैध कपडा नियन्त्रणमा लियो
झापा, २५ असोज । सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं २ झापाको टोलीले अबैध रूपमा भारतबाट नेपाल भित्र्याइएको पाँच लाख सत्ताइस हजार बढीको कपडा पक्राउ गरेको छ ।
बलको गस्ति टोलीले बिल विजक नभएको अवैध रूपमा भारतबाट नेपाल तर्फ ल्याइएको अवस्थामा पाँच लाख सत्ताइस हजार नौ सय पचास रुपैयाका विभिन्न आइटमका कपडा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको कपडा मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइएको शसस्त्र प्रहरी बलले जानकारी दिएको छ ।