डा. गोविन्द केसिले अनसन तोडे
काठमाडौं २५ असोज । अनसनरत डा. गोविन्द केसिले अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा. केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोडेका हुन् ।
शनिवार मध्यरातमा डा केसिको माग पुरा गर्न सरकार सहमत भएको थियो। बिहान शिक्षण अस्पतालमा अनसनमा बसेका डा. केसिले शिक्षण अस्पतालका कर्मचारी बिकाश नेपालीको हातबाट जुस खाएर अनसन तोडेका हुन्।