झापामा ५५ जनामा कोभिड १९ संक्रमण पुष्टि

झापा, २५ असोज । झापामा एकैपटक ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदाय स्तरदेखि अस्पतालसम्म संक्रमण देखिएको झापामा आज १९ जना महिला र ३६ जना पुरुष कोभिड १९ संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालयको विवरण अनुसार एकैपटक १० वटा पालिकामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी दमक नगरपालिकामा २५ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै, बिर्तामोड नगरपालिकाका १५ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।संक्रमित महिला तथा पुरुष सबै जना स्थानीय हुन् । मेचीनगरका २ जना र भद्रपुरका एक जना संक्रमित बैंकका कर्मचारी हुन् भने बिर्तामोडका ९ जना स्वास्थ्यकर्मी रहेको फोकल पर्सन जीवन चांैलागाईले जानकारी दिएका छन् ।उनका अनुसार मेचीनगरका ५ जना पुरुष, भद्रपुरका १ महिला, २ पुरुष, बिर्तामोडका ५ महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, दमकमा ११ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकामा समान ११ जना महिला, झापा गाउँपालिका, कनकाई र गौरादहमा समान ११ जना पुरुष तथा कमल गाउँपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।