झापामा आज थपिए २९ जना संक्रमित
भद्रपुर २३ असोज । कोरोना भाइरस सङ्क्रमणबाट झापा दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ । यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन र जिल्लामा १२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार आज झापाका ७ स्थनीय पालिकामा ४ महिलासहित स्थानीय २९जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ४ ट्राफिक प्रहरी, २ स्वास्थ्यकर्मी र ४ बैंक कर्मचारी रहेका सो काार्यलयले जनाएको छ । स्वास्थ्य कार्यलयका अनुसार संक्रमितहरु भद्रपुर नगरपालिकामा १३ जना, मेची नगरपालिकामा ५ जना, बिर्तामोड नगरपालिकामा ६ जना, अर्जुनधारा नगरपालिकामा २ जना र कचनकवल, गौरादह र गौरीगन्जमा एकएक जना रहेकाछन् ।