विश्व रेबिज दिवसको अवसरमा रेबिज बिरुद्धको खोप
बुद्धशान्ति २२ असोज । विश्व रेबिज दिवस पारेर असोज १९ देखि २१ गतेसम्म बुध्दशान्ति गाउँपालिकाले रेबिज बिरुद्धको खोप सञ्चालन गर्यो । रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले दिवस मनाउने गरिन्छ । रेबिज सङ्क्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन बुध्दशान्ति गाउँपालिकाका पशुपंक्षी तथा मत्क्ष विकाश प्रमुख कैलास प्रसाद सिहंले आग्रह गरेका छन् । उनले रेविज विरुद्धको खोप बुध्दशान्तिको वडा न १,२,३,४,५,६,७ मा क्रमशः ६८,३०,२५,२४,३२,९५,३५ गरि जम्मा ३०९ वटा कुकुरलाई खोप लगाएको जानकारी दिए ।
रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री लुइस पास्चरको निधन भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै मानविय जनजीवनको ज्यान जोगाउन योगदान दिएको सम्मान स्वरुप मनाईने गरिन्छ ।