भारतीय नागरिक लागु औषधसहित पक्राउ
भद्रपुर २२ असोज । विर्तामोड नगरपालिका शैनिक मोडबाट एक जना भारतीय नागरिक लागु औषधसहित पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा विर्ता बजार प्रहरीचौकीबाट खटिएको टोलीले भारत घर भई विर्तामोड ९ नडियाबारीमा डेरा गरी बस्ने ३४ वर्षीय कृष्ण रायलाई बुधबार साँझ पक्राउ गरेको छ । उनको साथबाट ६।५ ग्राम प्रतिबन्धित लागुऔषध फेला परेको थियो । पक्राउ परेका रायलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।