विप्लव नेतृत्वको युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तार
भद्रपुर २२ असोज । गत आइतबार झापाको शिवसताक्षिमा सम्पन्न भएको संगठनको चौथो जिल्ला सम्मेलनबाट निर्बाचित नेत्र विक्रम चन्द “विप्लव“नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राटलाइ प्रहरीले गिरफ्तार गरेको छ । उनलाई गत सोमबार बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा गिरफ्तार गरेको सो संगठनले जनाएको छ ।
उनलाइ तुरुन्त रिहाइ गर्न विप्लव माओवाीले माग गरेको छ । संगठनका मेची–कोशी ब्युरो संयोजक नुलुकले एक प्रेस विज्ञप्ति जारी गर्दै रिहाइको माग गरेका हुन् । उनको विज्ञप्तिमा भनिएको छः–हाम्रो गौरवशाली संगठन युवा संगठन नेपाल झापा जिल्लाका अध्यक्ष कमरेड सम्राट लाई मिति २०७७–०६–१९ गते बेलुका घरमा परिवारसंग बसिरहेको अवस्थामा जनबिरोधी, राष्ट्रघाती सरकारद्वारा परिचालित प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । झापाका सचेत क्रान्तिकारी युवाहरुले भर्खरै सम्पन्न गरेको संगठनको चौथो जिल्ला सम्मेलनबाट अताल्लिएका दलालहरुका जल्लादहरुको यो निकृष्ट रबैयाको हाम्रो संगठन कडा शब्दमा निन्दा एंव भत्सर्ना गर्दै गिरफ्तार कमरेडको तुरुन्त रिहाइको माग गर्दछ । भ्रष्टाचार, जनघात र राष्ट्रघातमा चुर्लुम्म डुबेका झापाका प्रशासक र सरकारी दानापानी खानेहरु विप्लव माओवादीले उठाएका जनता र राष्ट्रको हितका मुद्धाहरुबाट अत्तालिएका आरोप समेत लगाएको छ । म्राटको गिरफ्तारी झापामा रहेका सरकारी तक्मा झुण्ड्याएका जनघातीहरुको पराजित र हतोत्साहीत मानसिकताको पराकाष्ठा भएको विज्ञप्तिमा भनिएकोछ ।