प्रहरीद्वारा अबैध सामान बरामद

भद्रपुर २२ असोज । झापाको कचनकवल स्थित बनियानीमा भन्सार छलेर अवैध रुपमा गोदाममा राखेको सामान जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले छापा मारेर बरामद गरेको जनाएको छ । भारतबाट विभिन्न मितिमा लुकाइ छिपाइ नेपाल ल्याइएको भन्ने गोप्य सूचनाको आधारमा गोदाम छापा मारेर सामान बरामद गरिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए । प्रहरीले २ लाख रुपैयाँ मूल्य बराबरको मोटर पार्टस, कपडा १ लाख ८० हजारको र अन्य सुर्तीजन्य पदार्थ, चकलेट, पान मसला लगायत विभिन्न ५० प्रकारका १ लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको डिएसपी थापाले जनाए । बरामद सामग्रीलाई बिहीबार भद्रपुर भन्सार कार्यालय दाखिला गरिने उनको भनाइ छ ।