आवश्यकीय सामग्री घरघरमा पुर्याउन भद्रपुरका युवाले थाले
भद्रपुर, २१ असोज । भद्रपुरका केही युवाहरूले घरघरमा सामान डेलीभरी सर्भिस सुरू गरेका छन् । कोरोना संक्रमण जोखिमलाई ख्याल गर्दै आवश्यकीय सामग्री घरघरमा पुर्याउने सेवा सुरू गरेका हुन् ।
हाम्रो डेलिभरी सर्भिस नाम दिएर स्थानीय युवाहरूले भद्रपुरमा जन सेवा प्रवाह गर्न थालेका हुन् । सल्लाहकार संयोजकका रूपमा रहेका सन्तोषजंग थापाले दिएको जानकारी अनुसार सेवा प्रवाहमा जुटेका युवाहरूले घरायसी सामग्री, खाद्यान्न, फास्टफुड, पिय पदार्थ, मस्मेटिक सामग्री,वर्ड डे केक लगायत आवश्यकताका आधारमा उचित मुल्यमा घरघर पुरयाई दिने गरेका छन् । थापाले निम्नढडटण्द्दडडण्द्धद्ध, ढडद्दछढद्दछघण्ण् नम्बर मार्फत सेवा लिन सकिने समेत जानकारी दिए ।