झापामा आज थपिए २५ जना संक्रमित
भद्रपुर २२ असोज । आज भद्रपुर नगरपालिका र मेची नगर नगरपालिकामा १० । १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी बिर्तामोड नगरपालिकामा ४ र बाह्रदशी गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा ५ महिला र २० पुरुष रहेका छन भने यी मध्ये ५ कैदि बन्दी, एक स्वाथ्य कर्मी र एक जना सुरक्षाकर्मि रहेका छन् । संक्रमित २५ जना नै स्थानीय रहेका स्वास्थ्य कार्यलयले जनाएको छ । सो कार्यालयका अनुसार झापामा कोरोना बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।