कोरोनाबाट थप १५ जनाको मृत्यु
काठमडौं २१ असोज । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार उपत्यकामा दुई महिला सहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंमा ६६ र ७२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै ४५ वर्षिय पुरुष, ५३ वर्षिय पुरुष, ६४ वर्षिय पुरुष र ६९ वर्षिय पुरुषको मृत्यु भएको छ ।
यस्तै ललितपुरमा ४६ वर्षिय, मोरङमा ४० र ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी चितवनमा ४६ वर्षिय, रुपन्देहीमा ५५ वर्षिय र नवलपरासीमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । सिराहामा ५० वर्षिया महिला रोतहटमा ७२ र दाङमा ७१ वर्षिया महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।
आज देशभरी ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार २ सय ९ पीसीआर परीक्षण भएकोमा १२ सय ६१ महिला र २१ सय ७८ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै १६ सय ९४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १ हजार २ सय ९६, ललितपुरमा २ सय ९२ र भक्तपुरमा ९५ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
आज ११ सय २६ संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार १ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५१, बागमती प्रदेशमा २३ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३ हजार ९ सय २५ जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ४२, कर्णाली प्रदेशमा ३ हजार ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ९७ जना गरी देशरी ६८ हजार ६ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन ।