३ हजार ४ सय ३९ जना कोरोना भाइरसका संक्रमित

काठमाडौं २१ असोज । आज ३ हजार ४ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो । यसअघि मन्त्रालयले २५ हजार संक्रमित पुगेमा लक डाउन गर्न सकिने गरी निर्णय गर्न सिफारिस गरेको थियो । प्रवक्ता डा। गौतमका अनुसार आज प्रदेश नम्बर १ मा ५ सय ४६, प्रदेश नम्बर २ मा ३ सय ३३, बागमती प्रदेशमा ७ हजार ९ सय ८ र गण्डकी प्रदेशमा ४ सय ४१ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै लुम्बिनी प्रदेशमा ८ सय ४२, कर्णाली प्रदेशमा ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा १ सय ७४ जना संक्रमित रहेका छन । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ५ सय ३०, बागमती प्रदेशमा ९ हजार १ सय ७२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७४, कर्णाली प्रदेशमा ३ सय १५ र सुदूरपश्चिम प्रदेशमा ५ सय ८ जना रहेका छन । आज आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ३७ जना संक्रमित उपचाररत रहेका छन ।