१ हजार ५ सय ५१ जनामा कोरोना
काठमाडौं २० असोज । आज नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।
उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका छन । काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय १७, प्रदेश नम्बर २ मा १ सय ९८, बागमती प्रदेमा ७ हजार २ सय ६८ र गण्डकी प्रदेशमा ३ सय ५९ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८५, कर्णाली प्रदेशमा ३ सय १ र सुदूरपश्चिम प्रदेशमा १ सय ९० जना गरी देशभरी ९ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा रहेका छन ।
आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय १५, प्रदेश नम्बर २ मा ५ सय १७, बागमती प्रदेमा ८ हजार ४ सय ६२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ४०, कर्णाली प्रदेशमा ३ सय १८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७४ जना गरी १३ हजार ५ सय ९१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।
आज २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३६, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ५१, बागमती प्रदेमा २२ हजार ४ सय २५ र गण्डकी प्रदेशमा ३ हजार ८ सय ६९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८ सय ६७, कर्णाली प्रदेशमा ३ हजार २ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ गरी देशभरी ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भएका छन ।