कोभिड—१९ बाट ९ जनाको मृत्यु

काठमाडौं, २०  असोज  । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज काठमाडौं उपतयकामा मात्रै २ पुरुष सहित ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ५९ र ६० वर्षिया महिला तथा ललितपुरमा ६७ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै ललितपुरमै ६१ र ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी तेह्रथुममा ३१ वर्षिय, सुनसरीमा ६४ वर्षिय पुरुष र चितवनमा ७० वर्षिय पुरुष तथा नवलपरासीपूर्वमा ७७ वर्षिया महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।