मेची अस्पताल आसपास अस्त-व्यस्त सवारी साधन पार्किङ्ग
भद्रपुर, २० असोज । भद्रपुर स्थित मेची अस्पताल परिसर अगाडिको मूल सडकमा जताभावी पार्किङ गरिँदा सो सडकबाट आवतजावत गर्ने यात्रुले सास्ती भोग्नु पर्ने गरेको छ ।
अस्पतालमा सेवा लिन आउने सेवाग्राहीका लागि उचित पार्किङ स्थल भए पनि त्यहा पार्किङ नगरी जताभावी सवारी साधन राख्ने गर्दा आवतजावत गर्ने यात्रुले सास्ती व्यहोर्नु परेको हो ।
अस्पताल परिसर तथा अगाडिको मूल सडकमा जताभावी सवारी साधन राख्ने बिरूद्ध कारवाही गर्ने निकाय नभएको कारण समस्या आएको स्थानीयको भनाइ छ ।