२ हजार ४ सय ४० जनामा कोरोना
काठमाडौं १९ असोज । आज नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ११ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ५, प्रदेश नम्बर २ मा ६ सय ४२, बागमती प्रदेशमा ८ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ५ सय ६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ सय ११ गरी देशभरी ११ हजार ९ सय ९१ जना रहेका छन । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५१, प्रदेश नम्बर २ मा ४ सय ७६, बागमती प्रदेशमा ७ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ५ सय ६५ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९६, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा४ सय २१ गरी देशभरी १२ हजार ३ सय १६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन ।
आज ११ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ८ सय ५५, प्रदेश नम्बर २ मा १४ हजार ३ सय ९२, बागमती प्रदेशमा २१ हजार १ सय ८७ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ७८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ६ सय ४२, कर्णाली प्रदेशमा ३ हजार २ सय २२ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ जना गरी देशभरी६५ हजार २ सय २ जना डिस्चार्ज भएका छन ।