लागु औषधसहित एक महिला पक्राउ
दमक १९ असोज । झापाको दमकबाट प्रतिबन्धित लागु औषधसहित एक महिला पक्राउ परेकी छिन् । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका वडा नं. ९ बस्ने रुपा चौधरीलाई उनकै घरबाट पक्राउ गरेको हो । उनको साथबाट छुट्टा छुट्टै स्थानमा लुकाई राखेको ३५ ग्राम प्रतिबन्धित लागु औषध प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापा प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।
उनको कोठामाट खानदलासीको क्रममा लागुऔषध फेला परेको थियो । उनलाई अनुसन्धानका तथा कानूनी कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।