कांग्रेसको महाधिवेसनमा नेताहरुको मतभिन्नता फागुनमा महाधिवेशन हुन सम्भव देख्दैनन् सिटौला
काठमाडौं, ११ असोज । फागुन ७ देखि १० गतेसम्म गर्ने भनिएको कांग्रेसको १४ औं महाधिवेशनका लागि कार्यतालिकाअनुसार काम नभएको बुझेपछि सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर कुराकानी गरेका छन् । कार्यतालिकाअनुसार पार्टी अगाडि नबढेकोले १४ औं महाधिवेशनबारे सभापतिसँग भेटेर महाधिवेशनबारे कुरा गरेकाहुन् ।
साउन भदौमा क्रियाशील सदस्यता टुंग्याउने कार्यतालिका बनाइएको थियो, त्यो नै सम्भव नहुने भएको सभापतिलाइ बताए । बाढीपहिरो र कोरोना त्रासबीच क्रियाशील सदस्यता टुंग्याउन सकिन्थ्यो भने, त्यो व्यावहारिक हुन्थ्यो । तर यस्तो बेला क्रियाशील टुंग्याऔं भनेर पार्टीका तल्ला तहमा भन्न पनि सकिने अवस्था थिएन । कार्यतालिकामा भनेजस्तो साउनमा क्रियाशील बाँडिसक्ने समय दिनु नै गलत थियो । तल्ला तहलाई पर्याप्त समय दिएको भए क्रियाशील वितरण र नवीकरण गर्न सकिन्थ्यो । असोज लागिसक्दा पनि अहिलेसम्म ७७ जिल्लामध्ये एउटा जिल्लाले पनि क्रियाशील टुंग्याएको जानकारी केन्द्रमा पठाएको छैन । कतिपय जिल्लामा समायोजन नै बाँकी छ । क्रियाशील फारम नै पुगेको छैन । तर, सिटौलाको फागुनमा महाधिबेसन हुन सम्भव नदेखिएको सुझावमा, सभापति देउवाले जसरी पनि फागुनमै महाधिवेशन गर्ने हो, हुन्छ महाधिवेशन, भन्ने जवाफा दिएकाछन् ।
“समायोजनकै काम सकिएका छैनन् । क्रियाशील फारम कतिपय जिल्लामा पुगेको छैन । क्रियाशील टुंग्याउन छानबिन समिति पार्टीले बनाएकै छैन यस्तो अवस्थामा कसरी फागुनमै महाधिवेशन हुन्छ ?” भनेर सिटौलाले,सभापति सामु जिज्ञासा राख्दा , सभापतिले जसरी पनि हुन्छ भने । वरिष्ठ नेता पौडेलसँग पनि त्यही प्रसंगमा छलफल गर्न उहाँको निवासमा पुगेको थिए सिटौला । पौडेलले महाधिवेशन कार्यतालिका प्रभावित भएको स्वीकार गरे । तर पौडेलले पनि फागुनमै महाधिवेशन गर्नुपर्छ भन्न्ेमा जोडदिए ।
महाधिवेशनमा आफैंबीच प्रतिस्पर्धामात्र होइन निष्पक्ष महाधिवेशन पनि गर्नुपर्नेछ । त्यसका लागि समझदारीमा कार्यतालिका बनाउनुपर्छ भन्ने कुरा सिटौलाको छ । तोकिएको समयमा महाधिवेशन भएन भने जिम्मेवारी पदाधिकारीसहित वरिष्ठ नेताले लिनुपर्छ भन्ने सिटौलाको भनाइ छ ।
सिटौलाका अनुसार, महाधिवेशनले वडादेखि केन्द्रसम्म आठ तहमा संगठन निर्माण पनि गर्छ कांग्रेसमा । यसका लागि समझदारीबाटै कार्यतालिका बनाउनुपर्छ अनि महाधिवेशनको वातावरण बन्छ । सिटौलाले भने,“असोज १९ मा केन्द्रीय समिति बस्छ । मेरो प्रष्ट भनाइ महाधिवेशन सम्पन्न गर्नेमा केन्द्रीत रहन्छ । महाधिवेशन निष्पक्ष कसरी बनाउने र सबैले मान्य हुने कसरी बनाउने भन्ने हो । समझदारीमा कार्यतालिका बनाउँदै महाधिवेशन गर्ने र पार्टीमा वृहत एकता हुने वातावरण बनाउने प्रष्ट दृष्टिकोण मेरो छ ।”
“ढिलोमा पनि वैशाखभित्र महाधिवेशन गर्नुपर्छ । महाधिवेशन प्रतिनिधि भेला गरेरै महाधिवेशन गर्न सम्भव छ तर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्छ ।”सिटौलाले भने । क्रियाशील वितरणका लागि दुई, तीन महिना समय तल्ला निकायलाई दिनुपर्छ भन्ने सिटौलाको भनाइ छ ।