निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन

उर्लावारी ११ असोज । शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक, निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ । लामो समयदेखि मिगौला र कलेजो रोगवाट पीडित शेर्माको आज विहान १० वजे आफनै निवासमा निधन भएको हो ।

५५ बर्षिय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दैआएका थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् । उनी फिल्मीसंगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहदैआएका थिए । शेर्माको आज दिउँसोनै उर्लावारीस्थित सुनझोडा जंगलमा अन्त्येष्टि गरिएको छ ।