झापामा आज तीन जनामा कोरोना संक्रमणको पुष्टि
भद्रपुर ११ असोज । जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार, झापामा आज तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा, बिर्तामोड नगरपालिका एक निवासी ९० बर्षिया महिला रहेकी छन् । यसैगरी अर्जुनधारा नगरपालिका ३ निवासी ५१ बर्षिय एक पुरुष र दमक नगरपालिका ५ निवासी ४२ बर्षिय एक पुरुष रहेकाछन् । तीनै जना स्थनीय भएका स्वास्थ्य कार्यालयले जनाएको छ । आज सम्ममा झापामा संक्रमितको संख्या ८४७ पुगेको छ भने झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
यता, झापाको भद्रपुर नगरपालिकास्थित चन्द्रगढी बजारमा निषेधाज्ञा जारी गरिएको छ । भद्रपुर नगरपालिका ९ बस्ने चन्द्रगढी बजारका एक ५० वर्षीय व्यवसायीलाई कोरोना पुष्टि भएको तीन दिनपछि भद्रपुर नगरपालिका १० नम्बर वडा कार्यालयले निषेधाज्ञा जारी गरेको हो । चन्द्रगढीको लेखनाथ चौक पूर्व बजारको मध्य विन्दुदेखि दुर्गा मन्दिर हुँदै दक्षिण नविल बैङ्कसम्म आसपासका पसलहरू बन्द गराउने निर्णय गरिएको १० नम्बर वडा अध्यक्ष टेकबहादुर खडकाले जानकारी दिए ।
कोरोना सङ्क्रमितको सम्पर्कमा आएका पाँच जनाको स्वाब सङ्कलन गरिसकेको बताउँदै वडा अध्यक्ष खडकाले भने, ‘अहिले पनि सो क्षेत्रमा खुलमखुला व्यापार तथा व्यवसायी सञ्चालन भइरहेकोले त्यसलाई रोक्न निषेधाज्ञा जारी गरेका छौ ।’ संक्रमित भेटिएपछि कम्तीमा त्यहाँका व्यापारी आफैले सजगता अपनाउनु पर्नेमा त्यसो नहुँदा यस्तो निर्णय गरिएको उनले बताए । सोमबारसम्म पाँच जनाको पिसिआर रिपोर्ट आएपछि मात्र थप निर्णयमा नगरपालिका पुग्ने उनको भनाई छ ।
यसैगरी, झापाको कनकाई नगरपालिकाका एक कारोनो संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ९ का ४४ वर्षिय पुरुष रहेको बताइएको छ । ती पुरुषको हिजो (शनिवार) पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । केहि दिनदेखि अवस्थ ती व्यक्तिलाई हिजो अपरान्ह्र निकै विरामी भएपछि उपचारका लागि बिराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । आदर्श विद्या मन्दिर घैलाडुब्बाका कर्मचारी रहेका ती संक्रमित केही दिनदेखि अस्वस्थ्य रहेका थिए । मृत्युपछि प्रहरीले संक्रमितको घर सिल गरेको छ । संक्रमितको शवलाई व्यवस्थापन गर्न नेपाली सेनालाई खबर गरिएको वडाध्यक्ष प्रेम राजवंशीले बताए । योसँगै कनकाईमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संंख्या दुई पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु भएसंगै कनकाई नगरपालिका वडा नं।– ९ शिल गर्ने निर्णय गरेको छ । अत्यावश्यक सामग्री खरिद गर्न जाँदा स्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आग्रह गरिएको छ । साथै नगरक्षेत्रका पसल तथा वित्तिय कोरोबार समेत बन्द रहने बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार, झापामा आज तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा, बिर्तामोड नगरपालिका एक निवासी ९० बर्षिया महिला रहेकी छन् । यसैगरी अर्जुनधारा नगरपालिका ३ निवासी ५१ बर्षिय एक पुरुष र दमक नगरपालिका ५ निवासी ४२ बर्षिय एक पुरुष रहेकाछन् । तीनै जना स्थानीय भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।