शहरमा फोहोर गाउँलाई सास्ति
नगेन्द्रमणि न्यौपाने
दमक, ११ असोज । झापाको दमक १० रतुवा र मावा खोला किनारका सर्वसाधारण बर्षायाम शुरु भएसंगै निकै चिन्तीत हुने गर्दछ । बर्षौ अघिबाट रतुवा र मावा खोलामा आउने बाढीबाट सास्ती खेप्दै आएका यस क्षेत्रका सर्वसाधारण बर्षायाम शुरुभएसंगै निकै त्रासीत समेत बन्ने गर्दछन ।
रतुवा र मावा खोला किनारका सर्वसाधारणहरुले यो समस्या भोगेको दशकौ भोइसक्यो । यि दुई नदीमा आउने बाढीले बर्षौ अघिबाट धार परिवर्तन गर्दै दमक १० का दर्जनौ स्थानमा क्षति पुरयाउदै आएको छ । भने कायौ लाई विस्थापित बनाउनुका साथै सयौ हेक्टर खेती योग्य जमिन बलुवामा परिणत गराउने गरेको छ । दशकौ अघिबाट नै यो समस्याको दिगो समाधान खोजी रहेका यस क्षेत्रका सर्वसाधारणहरु फेरि अर्को समस्या भोग्न बाध्य हुनु् परेको छ ।
रतुवा र मावा खोलामा आउने बाढीले माथिल्लो क्षेत्रमा खोला किनारमा बिर्सजन गरेको फोहोर मैला धान खेतीसम्म पुरयाउने गरेको छ । यसको सोझो असर अहिले दमकको दक्षिण क्षेत्रका सर्वसाधारण खेप्न बाध्य हुने गरेका छन । यस क्षेत्रमा भन्दा उत्तरमा रहेका ठुला दुई शहर दमक र मोरङको उर्लावारी नगरपालिकाले ढलको निकाश सिधै रतुवा र मावा खालामा गराई दिदा तल्लो क्षेत्रका सर्वसाधारण अहिले यसको असर खेप्न बाध्य हुनु परिरहेको छ ।
शहरी क्षेत्रमा रहेको बजार पसल तथा अस्पतालजन्य फोहोरहरु समेत सिधै यि नदीहरुका विर्सजन गरिदिदा अहिले दमकको तल्लो क्षेत्रका उर्भर भूमीमा नराम्रो असर गरिरहेको स्थानीय किसान नवराज सुवेदीले गुनासो गर्नुभयो । रतुवा खोलामा आएबाढी उकास भएर खेती योग्य जमिनमा प्रबेशगरे संगै खोलामा बगेर आएको फोहोरले धान खेत पुरै ढाक्ने गरेको सुवेदीले गुनासो गर्नुभयो । अहिले यसक्षेत्रका धेरै किसानका खेतमा प्लाष्टिक तथा अस्पतालजन्य फोहोर ले ढाकेको छ । बाढीले खेतमा फोहोर जन्य बस्तु थुपारी दिदा हिउदको समयमा ति फोहोर व्यावस्थापन गरेर अर्को खेतीगर्न निकै चुनौपूर्ण हुने गरेको अर्का स्थानीय किसान योगेन्द्र रिजालले गुनासो गर्नुभयो ।
रिजाल भन्छन हामीले यो समस्या भोगेको बर्षौ भयो तर यसको स्थाई समाधान अझै हुन नसक्दा केमिकल युक्त, प्लाष्टिक जन्य तथा अस्पतालबाट विसर्जन गरिएका स्लाईन, तथा सिरीन्जहरु हात खुट्टामा घोच्ने गरेका कारण संकरमणको पनि उत्तिकै जोखिम रहेको रिजालले गुनासो गर्नुभयो । यता दमक नगरपालिकाले बजार क्षेत्रको फोहोरलाई बेलडागीमा रहेको फोहोर प्रशोधन केन्द्रमा पुरयाउने गरेको भएपनि त्यसको अझै उचित व्यावस्थापन गर्न नसक्दा रतुवामा आउने ठुलो बाढीले पुन त्यो फोहोरलाई दक्षिणी क्षेत्रमा नै पुरयाउने गरेको जनगुनासो रहेको छ । माथिल्लो क्षेत्रका ठुला दुई शहर उर्लावारी र दमकले बजार क्षेत्रका ढलहरुको निकाश पनि सिधै खोला खोल्सामा गरिदिदा यसको प्रत्यक्ष असर अहिले तल्लो क्षेत्रका खेती योग्य भूमि असर गरिरहेको छ ।