सशस्त्र प्रहरी बलद्वारा लागुऔषध तथा काठ बरामद
भद्रपुर ६ असोज । सशस्त्र प्रहरी बल सुरक्षा बेस बेलडागी झापाद्वारा लागुऔषध तथा काठ तस्करलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागू औषधको अभियोगमा, ईलाम माङ्गसेबुङ्ग गाउँपालीका ६ बस्ने बर्ष ४५ को बिर बहादुर राई र काठ तस्करीमा केहि मानिसहरु रहेकाछन् ।
प्रहरी वल बाट प्राप्त जानकारी अनुसार, शंकास्पद रुपमा झोलामा केही सामान बोकी दमक तर्फ आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेलडाँगीबाट खटिएको गस्ती टोलिले शंका लागी चेकजाँच गर्दा, निजको झोलाबाट अन्दाजी ६ केजी गाँजा, नगद रु १२०६०।–(बाह्र हजार साठी) र मोवाईल २ थान (सामसुङ्ग सादा र डायमण्ड सादा सेट) फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागी प्रहरी चौकी बाघखोरमा बुझाएको बताइएको छ ।
यसैगरी, दमक नपा ३ स्थित हम्से दुम्से सामुदायिक बनबाट केहि मानिसहरुले काँधमा बोकी दमक तर्फ ल्याउँदै गरेको अन्दाजी मुल्य रु ७२,००० बराबरको साल जातको १८ क्यू फिट चिरान काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बेलडाँगीबाट खटिएको पैदल गस्ती टोलीले नियन्त्रणमा लिई हम्से दुम्से सामुदायिक बनको कार्यालयमा बुझाएको जनाइएको छ ।