झापामा आज २० जना कोरोना संक्रमित थपिए
भद्रपुर ६ असोज । झापामा आज २० जना कोरोना संक्रमण पोजेटिभ भएको छ । २० जना मध्ये १९ जना स्थानीय र एक जना भारत बाट आका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार, कमल गाउँपालिका ७ निवासी २२ बर्षिया महिला एक, भद्रपुर नगरपालिका १ निवासी २७ वर्षिय पुरुष १, मेची नगरपालिका ३ निवासी २ महिला र एक पुरुषको संंक्रमण पुष्टि भएको हो ।
यसैगरी, दमक नगरपालिकामा आज दुई स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एकै घरका ५ जना रहेका छन् । दमक नगरपालिका वडा नं ५ का एकै परिवारका ५ जनामा संक्रमण देखिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक ४ , ७ र ८ वडाका ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी दमक अस्पतालका दुईजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक पुरुष र एक महिला स्वास्थ्यकर्मी रहेका छन् । शुक्रबार परीक्षण गरिएका १४० मध्ये १५ जनामा पोजेटिभ देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।