२५ लाख बराबरको सम्पत्ति लिएर महिला फरार

दमक, ५ असोज । झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरेकी एक महिलाले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छिन । गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी हुन् । राजुका अनुसार गत असोज ३ गते दिउँसो १ बजे घरदेखि दमक–६ मा रहेको पसल जाने भनेर निस्किएकी उनी लापत्ता भएकी हुन् ।

पसल आउँछु भनेर फोनमा कुरा गरेपनि श्रीमती बेलुकासम्म नआएपछि सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गर्देछु भनेर म्यासेज गरेकी थिइन् । तर घर नफर्किएकी पछि खोजतलास गर्दा अन्य केटासंग गएको खुल्न आएको पीडित न्यौपाने वताए । उनले १२ तोला सुन, १२ लाख रुपैया र अन्य सामान लिएर भागेकी आरोप छ । घरको सिरानी मुनी पत्र राखेर प्रेमीसँग भागेकी उल्लेख गरेकी श्रीमान न्यौपानेले बताएका छन् ।

चिठ्ठीमा लेखेकी थिइन् – ‘मैले आफ्नो सुर गरे । म पत्रकार प्रितम भट्टराईसँग गईसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ । भगाउने केटा प्रितम कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको बताइएको छ । उनले समेत न्यौपानेलाई म्यासेन्जरमा कल गरी धम्क्याएका बताइएको छ । पीडित न्यौपानेले इलाका प्रहरी कार्यालय दमकमा त्यस सम्बन्धी जाहेरी समेत दिएका छन् ।