हिम चितुवाको निधन
काठमडौं, ५ असोज । प्रशिध्द हिमाल आरोही आङरिता शेर्पाको आज बिहान निधन भएको छ । ७२ वर्षिय शेर्पाको जोरपाटीस्थित निवासमा निधन भएको भएको छ । “हिउँ चितुवा”को टाइटल पाएका शेर्पाले दश पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरिसकेका छन् । दशपटक बिनाअक्सिजन सर्बोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल शेर्पाको गिनिज बूक अफ वल्र्ड रेकर्डमा नाम दरिएको छ । शेर्पाको यो कीर्तिमानबाट प्रशन्न भएका राजा बीरेन्द्रले उनलाई बसोबास गर्न सजिलो होस् भनेर जोरपाटीमा एउटा घडेरी उपहार दिएका थिए । शेर्पाले सन् १९८३ मा पहिलो पटक बिनाअक्सिजन सगरमाथ आरोहण गरेका थिए ।