बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्र्मी कोरोना मुक्त
भद्रपुर, ५ असोज । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई गत भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि बीएण्डसी अस्पताल प्रशासनले आफ्नै आइसोलेसनमा राखेर उपचार गरेपछि कोरोना मुक्त भएका छन् । अस्पताल प्रशासनले सोमबार पत्रकार सम्मेलनमार्फत् कोरोना मुक्त भएको जनाएको छ ।
कार्यकारी निर्देशक प्रसाईले कोरोना संक्रमितलाई उपचार गर्न कोभिड अस्पतालमा नै उपचार गर्नु पर्छ भन्ने भ्रमको अन्त्य गर्न बीएण्डसी अस्पतालको आइसोलेसनमा नै १२ जना स्वास्थ्यकर्मीहरुको उपचार गरिएको जानकारी दिए । बीएण्डसी अस्पताल अब कोरोना संक्रमितको उपचार गर्न पनि सक्षम रहेको प्रसाईले दावी गरे ।