नेपालमा आज थपिए १ हजार १५४ जना कोरोना संक्रमि
काठमाण्डौं, ५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५३३ जनाको परीक्षणमा १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।