झापामा आज एक जना मात्र कोरोना संक्रमित
भद्रपुर, ५ असोज । झापाको बिर्तामोड नगरपालिकाका एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । बिर्तामोड–१० का ५० वर्षीय एक स्थानीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा आजसम्म संक्रमितको संख्या–७९१, निको भएका ६७८ कोरेन्टाइनमा रहेका ६५०, पिसिआर गरिएका २४,५८९ र मृत्यु ३ जनाको भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिएका छन् ।