कोरोना जितेर हालसम्म कुन प्रदेशमा कति निको भए त ?

काठमाण्डौं, ३० भदौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १ हजार ६२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । निको हुनेको यो संख्या ७१.५ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ३५६२, प्रदेश २ मा ११ हजार ९६, बागमती प्रदेशमा ८,३९२ गण्डकी प्रदेशमा २३४५, प्रदेश नं ५ मा ६,६७७, कर्णाली प्रदेशमा २५३१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३५ जना गरी हालसम्म जम्मा ४० हजार ६३८ जना निको भएका हुन् ।