झापामा आज थपिए २२ जना संक्रमित

भद्रपुर, ३१ भदौ । झापामा आज १८ जना स्थानीयमा र ४ जना भारतबाट आएका गरी २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । जसमा छ जना महिला र १६ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा थपिने संक्रमितहरु बाहदशी, दमक, भद्रपुर, गौरादह, मेचीनगर र शिवसतासीका रहेको स्वास्थ्य कार्यालय झापाले बताए । उनीहरु स्वास्थ्यकर्मी, सुरक्षकर्मी, स्थानीय र भरतबाट आएको जनाइएको छ । आज बाह्रदशीका दुई महिला र तीन पुरुष गरेर पाँच जना, दमकका एक महिला र सात पुरुष गरेर आठ जना, भद्रपुरका एक महिला र तीन पुरुष गरेर चार जना, शिवसताक्षीका एक महिला र दुई पुरुष गरेर तीन जना, गौरादहका एक महिला र मेचीनगरका एक पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । योसँगै आजसम्म झापामा कुल कोरोना संक्रमितको संख्या ७६९ पुगेको छ । कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।

यता दमकमा आज कोरोना भाइरसका पोजेटिभ देखिएकामा एक महिला र ७ जना पुरुष १, ५, ८, ९ र १० का १ ,१ जना र वडा नम्बर ४ का तीन जना सवै स्थानीय रहेका नगरपालिकाको क्वारेन्टाईन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले जानकारी दिए । आज ८ जना थपिएसंगै दमकमा कुल संक्रमितको संख्या १ सय ३७ पुगेको छ । संक्रमितहरु दमकसहित पूर्वका विभिन्न कोभिड विशेष अस्पताल,आइसोलेसनहरुमा उपचाररत रहेका भट्टराईले जानकारी दिए ।