इस्टु विर्तामोड नगर समितिले बुझायो ध्यानाकर्षण पत्र

भद्रपुर, ३० भदौ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) विर्तामोड नगर समितिले शिक्षक कर्मचारीलाई नियमित तलव उपलब्ध गराउन माग राख्दै नगर प्याब्सन तथा नगर शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

पाँच महिनायता तलवविहिन भएका शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका विद्यालय सञ्चालकलाई अविलम्व तलव निकासा गर्न माग राख्दै नियामक नगर शिक्षा शाखालाई समेत ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नगर समितिकी अध्यक्ष रमा ढुंगानाको नेतृत्वमा गएको टोलीले प्याब्सन, एन प्याब्सनको नाममा राज्यको प्रचलित नीति नियम विपरित नजान सुझाउँदै छिटोभन्दा छिटो शिक्षक कर्मचारीका माग सम्बोधन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

ध्यानाकर्षण पत्रमा यही अशोज १५ गतेभित्र तीन महिनाको तलव भुक्तनी गर्न माग गर्दै श्रम ऐन तथा नियमावलीको ख्याल गरेर अगाडि बढ्न विद्यालय सञ्चालकहरूसित आग्रह गरिएको छ ।