तीन वर्षभित्र सशस्त्र प्रहरीको झापामा ३७ वटा बीओपी रहने

भद्रपुर, ३० भदौ । झापासित भारतीय सीमा क्षेत्र १४३ किलोमिटर दुरी जोडिएको छ । खुल्ला सिमाना रहेको नेपाल भारत सीमा नाका २०७६ चैत्रयता पूर्ण रूपमा बन्द छ । सीमा बन्दका लागि झापामा ३९ वटा अस्थायी पोस्ट मार्फत सशस्त्र प्रहरीले निगरानी गरिरहेको छ भने थप सहयोग नेपाल प्रहरीको रहेको छ ।

मुख्य जिम्मेवारी सीमा सुरक्षा पाएको सशस्त्र प्रहरी बलले भन्सार राजश्व चुहावट नियन्त्र, लागुऔष कारोवार नियन्त्रण, महिला बेचविखन तथा ओसारपसार नियन्त्रणमा खटिदै आएको सशस्त्र प्रहरीले यस वर्ष झापाका ९ वटा नाकामा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने भएको छ ।

सशस्त्र प्रहरी बल हेडक्वार्टर २ नम्बर गण झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमा सुरक्षाका लागि थप निगरानी बढाउन बीओपी थप्न लागिएको जनाएका हुन् । गणपति पाण्डेका अनुसार थपिएका बीओपी सहित झापामा यस वर्षबाट १७ वटा बीओपी हुने छन् । नयाँ बीओपीका लागि जग्गा प्राप्तीको प्रकृयामा जुटेको जनाउँदै पाण्डेले उपयुक्त स्थानमा जग्गा पाउन मुस्किल परेको समेत जानकारी दिए । उनका अनुसार ३ वर्ष भित्र झापाको नेपाल भारत सीमा क्षेत्रमा ३७ वटा बीओपी रहने गरी कार्योजना साथ काम भइरहेको छ । यस अभियानको मूल उद्देश्य सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण गर्नु हो । अर्धशैनिक बलका रूपमा रहेको सशस्त्र प्रहरीको औचित्य विश्वभर बढ्दै गएको जनाउँदै प्रमुख पाण्डेले राज्यको नीति र निर्देशन अनुसार बल चलिरहेको जानकारी दिए ।

गणपति पाण्डेका अनुसार यस वर्ष पूर्वोत्तर झापाका तिरिङ, नकलबन्दा, सतीघट्टा, ज्यामिरगढी, दक्षिणतर्फ भद्रपुरको मेची पुलआसपास, महेशपुर, पाठामारी, पश्चिम दक्षिण पन्थापाडा र गौरदाहको आँपगाछीमा बीओपी थपिनेछ । बीओपी थपिएपछि सीमा सुरक्षा तथा चोरी तस्करी नियन्त्रणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ । हेडक्वार्टर २ नम्बर गण झापाको मातहतमा १३ सय सशस्त्र प्रहरी नेपाल भारत सीमा क्षेत्रको झापा खण्डमा कार्यरत छन् । खुल्ला सिमाना रहेका कारण चोरी तस्करीका घटना बढीरहेको सीमा क्षेत्र व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहने सशस्त्र प्रहरीको रचनात्मक कार्यको अपेक्षा गर्दै सीमा आसपासका बासिन्दा सहयोग गरिरहेका छन् ।

झापा बासीको अपेक्षालाई पूर्ण रूपमा सम्मान गर्दै पूरा गर्ने प्रतिबद्धता जनाउादै प्रमुख पाण्डेले गल्ति कमी कमजोरी भए सुधारेर अगाडि बढ्ने जनाएका छन् ।

भिडियो…….