८४ हजार नगद सहित १० जुवाडे पक्राउ
भद्रपुर , ३० भदौ । सोमवार साँझ भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरबाट १० जुवाडे नगदसहित पक्राउ परेका छन् ।
विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय सुवास तामाङको घरबाट जुवाडेरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर ४ का माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनिश लिम्बु, भद्रपुर २ का कर्ण तामाङ , अङ्गराज दंगाल, आराबहादुर तामाङ, भद्रपुर ६ का तुरुल राजवंशी रहेका छन् ।
प्रहरी टोलीले जुवाको खालबाट नगद ८४ हजार ५ सयसमेत बरामद गरेको जनाइएको छ । पक्राउ परेकालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।