१ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं, ३० भदौ । मंगलबार देशभर १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । आज गरिएको १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा महिला ४ सय ४६ र पुरुष १ हजार १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आज काठमाडौंमा ५ सय ५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको कोरोना परीक्षण भएकोमा ५६ हजार ७ सय ८८ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ जना रहेको छ । जसमा होम आइसोलेसनमा ७ हजार ६ सय ४० र संस्थागतमा ८ हजार १ सय ३९ जना उपचाररत रहेका छन । यस्तै आइसियुमा १ सय ७४ र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन ।क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन ।