नेपालमा आज एक हजार १सय ७० जना संक्रमित थपिए
काठमाडौँ, २९ भदौ । नेपालमा आज एक हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३७३ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ११८ जना र होम आइसोलेसनमा ७ हजार २७५ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ८९२ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर २९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९७९ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१।५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।