झापामा आज थपिए दुइ जना संक्रमित

भद्रपुर २९ भदौ । झापाको कमल गाउँपालिकामा आज समुदायका थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ जना महिला र १ पुरुष रहेका जिल्लास्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षणका लागि भदौ २६ गते समुदायका २७ महिला र ३५ पुरुष गरि ६२ जनाको स्वाब संकलन गरिएकोथियो ।

कोरोना संक्रमण हुन सक्ने आशंकामा कन्ट्याक्ट ट्रेसिङका आधारमा कमल गाउँपालिका भित्र रहेका समुदायका व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि प्रदेश ल्याब विराटनगर पठाइएकोमा २ जनाको कोरोना पोजेटिभ पुष्टी भएको बाँकी ६० जनाको रिपोर्ट नेगेटिभ आएको कोभिड(१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिए । उनीहरु दुवैजना कमल—३ का स्थानीयबासी रहेको जनाइएको छ । आज संक्रमित २२ र ४० वर्षका रहेका छन । यस्तैगरी, आज २ जना थपिएसँगै कमलमा हालसम्म १८ महिला र ३१ पुरुष गरि ४९ जनामा समुदायमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । हालसम्म कमल—३का एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।