कलेजो रोगी सोममायालाई सहयोग
दमक, २७ भदौ । मुटु तथा कलेजो रोगवाट केहि समयदेखि विरामी परेकी झापा, कमल गाँउपालिका वडा नम्बर ७ गेउरियाकी ६६ बर्षिया सोमरानी लिम्बुको उपचारका लागि स्थानीय फाल्गुनन्द आमा समूहले रु १० हजार सहयोग उपलव्ध गराएको छ । अर्काको जग्गामा टहरा बनाएर वस्दैआएकी लिम्बुलाई रोगले च्यापेपनि उपचार गर्न परिवारसंग रकम नहुदाँ घरमै थलिन बाँध्य भएपछि उनको उपचारमा थोरैभएपनि सहयोग पुरयाँउन समूहले १० हजार रुपैया उपलव्ध गराएको हो । विरामीको घरमा पुगेर समूहकी पूर्व अध्यक्ष दिलकुमार लावतीसहित पदाधिकारी,सदस्यहरुको उपस्थितिमा विरामीलाई सो सहयोग हस्तान्तरण गरेका हुन् ।
यसैगरि, कमल ७ निवासी समाजसेवी शान्ता केरुङले पनि विरामीको उपचारमा सघाँउन व्यक्तिगत रुपले रु ५ हजार १ सय प्रदान गरेकी छिन् । अस्पतालसम्म लगेर उपचार गर्ने आर्थिक अवस्था नभएपछि केरुङकै पहलमा आमा समूहवाट समेत सहयोग जुटाएकी हुन् । विरामीको अवस्था थप गंभीर भएपछि आजनै स्थानीयबाट सरसहयोग जुटाएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको परिवारले जनाएका छन् ।
श्रीमान गुमाएकी विरामीका चार छोरी र तीन छोरा छन् । तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि पीडित परिवारले उनको जीवन बचाईदिन इच्छकु मनकारीहरुबाट सहयोगका लागि समेत अनुरोध गरिआएका छन् ।