ज्येष्ठ आमा बुवाहरुलाई सामुहिक भोजन

भद्रपुर, २७ भदौ । थाउजेन ग्रुप दमकले रत्न ज्येष्ठ नागरिक बृद्धाआश्रम दमक ४ का, ज्येष्ठ आमा बुवाहरुलाई सामुहिक भोजनसंगै खाद्यान्न सामाग्री सहयोग गरेको छ । अहिलेको कोरोना भाइरसको संक्रमणको यो अवस्थामा थाउजेन ग्रुपले ज्येष्ठ आमा बुवालाई सामुहिक भोजन गराएको हो । लकडाउनको यस अवस्थामा रत्न आश्रममा बसेका आमा बुवाहरुलाई भोजनको समस्या नहोस भनेर चामल ३० केजी , दाल ,तेल र मसला लगायतको खाद्यान्न सामाग्री सहयोग गरेको ग्रुपका संयोजक हेमकुमारी दंगालले जानकारी दिनु भयो ।

सहयोगी मनहरुले लकडाउनको यस समयमा वेला–वेला आएर सहयोग गरी रहेको संस्थाको सहयोगी अर्चना सुनुवारले बताउनु भयो । २ महिला सहित सात जना ज्येष्ठहरु रत्न आश्रममा बसीरहेको बताइएको छ । ज्येष्ठ आमा बुवाहरुलाई दैनिक सहयोग गर्नेहरुमा थाउजेन ग्रुपको संयोजक दंगाल,सदस्यहरु मिना कुमारी थापा,फुलमाया नेम्वाङ्ग,कुमारी लिम्वू, मिना कुमारी लिम्वू ,मुना बस्नेत र बिधा थापा रहेका छन् । समाजमा रहेका साह्रो गारोमा परेका असाहय दीन दुःखीहरुलाई ग्रुपले सहयोग गर्ने संयोजक दंगालले बताउनु भयो ।