कार्यालय परिसरमा फूल रोपाई

गौरीगंज । गौरीगंज गाउँपालिका वार्ड नं. ६ का जनप्रतिनिधि तथा कर्मचारीहरूले विभिन्न जातको फुलको बिरुवा रोपेका छन् । उनीहरू वार्ड नं. ६ को प्राङ्गनमा धुपी, अशोक, सितारा, गोदावरी, रूद्राक्ष, कपुर, स्वामी गोल्डेन धुपीलगायतका विरूवा रोपेका हुन् ।

वार्ड नं. ६ को कार्यालय भवनको मुख्य प्रवेशद्वारदेखि कार्यालय भवनसम्म टायल ओछ्याई त्यसको दुवै छेउ फुलको बिरुवा र प्राङ्गनमा विभिन्न जातको फुलको विरूवाले कार्यालयको सुन्दरता बढ्नुका साथै कार्यालय वरिपरिको वातावरण पनि मनमोहक हुने वार्ड नं. ६ कि वार्ड सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारीले बताईन् ।

फुलको बगैचाले कार्यालयको वातावरण पनि मनमोहन हुने र कार्यालय पनि चिटिक्क देखिने हुदाँ फुलको बगैँचा लगाईएको हो, कार्यपालिका सदस्य अधिकारीले भनिन् – “यसले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध फुलको वास्नाले अझ गाढा बढाउने छ ।’ वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वार्ड सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी, वार्ड सदस्य उदिम कुमार राई, मुकेश कुमार साह, रमकुमारी विक, वडा सचिव सुमन रेग्मी, कर्मचारी सजम लाल राजवंशीलगायतले फुलको बिरुवा रोपेका थिए ।