काठमाडौं आउनेले आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने
काठमाण्डौ । अब काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने जानकारी गराएका हुन् । उनले यो नियम काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरी जिल्ला जानेहरूको हकमा पनि लागू हुने बताए ।
साथै, एक जिल्लाबाट अर्को जिल्ला जाँदा पनि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ । यस्तै विदेशबाट आउनेहरूले समेत क्वारेन्टिनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ । यसरी क्वारेन्टिनमा बस्दा लक्षण नदेखिएको अवस्थामा परीक्षण गर्न नपर्ने प्रवक्ता गौतमले जनाए ।