पछिल्लो २४ घण्टामा थपिए एक हजार ८१ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार थपिएका जना कोभिड(१९ संक्रमितसँगै देशभरको संख्या ४९ हजार २ सय १९ पुगेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि करिब ५० हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या हजार ३३ हजार पुगेको छ ।

यो संख्या कुल संक्रमितको ६८।८ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।